Khabar Out
पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ ।

कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ विभिन्न तीन स्थानमा पहिरो खसेकाले उक्त सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले  जानकारी दिए ।

यसैबीच, कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह सामान्य रहेको उनले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update