Khabar Out
सिद्धबाबा क्षेत्रको पहिरोले बुटवल–पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा आज बिहान पहिरो खसेको हो । 

ठूल्ठूला ढुंगासहित पहिरो झरेपछि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कायालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईले जानकारी दिए ।

हिजो रातिदेखि निरन्तर पानी परिरहेको छ । अबका दुई दिन अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update