राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौँ महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सो निमन्त्रणा प्रदान गरेकी हुन्।
कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि र अन्य महानुभावहरुको पनि सहभागिता रहेको थियो । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ २०:१३
प्रतिक्रिया दिनुहोस्







