निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
काठमाडौँ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ।
राष्ट्र बैंकका अनुसार घटीमा रु १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिनेछ । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३ १५:४१
प्रतिक्रिया दिनुहोस्






