वन कार्यालयका योजना शाखा प्रमुख पौडेलमाथि ‘घुस’ मुद्दा दर्ता
काठमाडौं । डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन र लिलाम सहमति सिफारिसपत्र दिने नाममा घुस खाएको आरोपसहित मुद्दा दर्ता भएको छ ।
सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । सेवाग्राहीसँग १५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा पौडेललाई पक्राउ गरी अख्तियारको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप बिगोबमोजिम जरिवाना र जेल सजायको मागदाबी अदालत समक्ष लिइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३ २१:२३
प्रतिक्रिया दिनुहोस्






