Khabar Out
फर्कने आशा नभएपछि चारैजनाको अन्तिम संस्कार

बागलुङ । भोटेकोसी बाढीपश्चात् बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारैजनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९, तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिती १६ दिनसम्म नभेटिएपछि अभिभावकले हिन्दु परम्पराअनुसार कुशको  शव बनाएर अन्तिम संस्कार गरेका हुन् । राजेश परिवारका एक्ला छोरा थिए ।

यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update