Khabar Out
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

ललितपुर । किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ ।

किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई ‘डिस्चार्ज’ गरिएको बताए । बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् ।

सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update