Khabar Out
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६३ पैसा, स्विस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११० रुपैयाँ १२ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ २३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । 

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । 

बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ६० पैसा बिक्रीदर ४०३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update