काठमाडाैँ। चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण चीनतर्फ मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको उद्धार तथा खोजी अभियानमा संलग्न अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्।
पछिल्लो गणना अनुसार हिमाली क्षेत्रमा गएको पहिरो र यसबाट हिमनदीमा आएको बाढीका कारण ४३ जनाको मृत्यु भएको र ५१९ जना बेपत्ता भएका छन्।
पहिरोसँगै आएको बाढीले चीन र नेपाल गरी दुवै देशमा लगभग एक हजार ४०० जनाको ज्यान लिएको छ भने पाँच हजार ५०० भन्दा बढीलाई बेपत्ता बनाएको छ। बाढीका कारण हजारौँ घरहरूलाई बाढीले बगाउँदा वा डुबानमा पार्दा दशौँ हजार मानिस विस्थापित बनेका छन्।
बाढीको कारण नेपाली क्षेत्रमा रहेका विद्युत्गृह, सडक सञ्जाल, पुल पुलेसा, घर तथा खेती योग्य जमिनमा पुगेको क्षति सयौँ अर्बभन्दा बढी पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।






