Khabar Out
रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३४४ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ आंशिक अंग फेला परेका छन् ।

प्रहरीले हालसम्म १ हजार ३० शव व्यवस्थापन गरिएको जनाएको छ । त्यस्तै, १ हजार २६० मृतकको डीएनए संकलन गरिएको छ भने ९७२ मृतकका आफन्तको समेत डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ ।

बाढी तथा पहिरोमा परी अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीको तथ्यांक छ । हराइरहेकाको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update