Khabar Out
त्रिशूली–३ ‘ए’को सुरुङबाट दुईजनाको जीवितै उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मध्य दुईजनाको जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् भने अर्का कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको बताएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ ।

६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारी/कामदार फसेका आयोजनाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update