Khabar Out
आर्थिक दबाबले इरानमा ‘निराशा’ पैदा हुने इजरायलको दाबी

काठमाडाैँ । इजरायली रक्षा मन्त्री इजरायल काट्जले बिहीबार अमेरिकी आर्थिक प्रतिबन्ध इरानविरुद्ध प्रभावकारी साबित भएको बताएका छन्। यस दबाबले तेहरानलाई चरम आर्थिक सङ्कटतर्फ धकेल्ने र अन्ततः इरान आफ्नो अडानबाट पछि हट्न बाध्य हुने उनले बताए।

“हामीले देखेका छौँ, उनीहरूमाथि परेको भारी आर्थिक दबाब र विद्रोह तथा शासन पतनको डरले उनीहरूलाई निराश कदम चाल्न बाध्य पार्न सक्छ,” काट्जले रक्षा मन्त्रालयका कर्मचारीहरू सम्मिलित एक एक कार्यक्रममा भने।

इजरायलले फेब्रुअरीको अन्त्यमा अमेरिकाको साथमा मध्यपूर्व युद्ध सुरु गरेको थियो तर अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता गरेपछि सैन्य सक्रियताबाट अलग बसेको छ । युद्धविराम समय सकिएको कारण अहिले यो कार्यान्वयन भइरहेको छैन।

गत महिना अमेरिकी अर्थमन्त्रालयले इरानी अर्थतन्त्रलाई ‘सङ्कटमा धकेल्ने’ योजनासहित नयाँ आर्थिक प्रतिबन्धको श्रृङ्खला घोषणा गरेको थियो । आइतबारदेखि अमेरिकी वायुसेनाले फेरि इरानमा आक्रमण सुरु गरेको छ ।

जवाफी कारबाहीमा इरानले खाडी र इजरायलको पूर्वी छिमेकी जोर्डनमा रहेका अमेरिकी सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ तर इजरायललाई नै निशाना बनाएको छैन। मन्त्री काट्जले गत वर्ष र यस वर्षका अघिल्ला भिडन्तहरूलाई सङ्केत गर्दै बिहीबार भन्नुभयो, “हामीले उनीहरूलाई दुई पटक शक्तिशाली रूपमा प्रहार गरेपछि र उनीहरूको आणविक कार्यक्रम नष्ट गरेपछि पनि इरानले इजरायलमाथि खासै आक्रमण गरेको देखिँदैन।

अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट तत्कालिन सर्वोच्च नेता अली खामेनीको हत्या गरेपछि र उनीहरूको रणनीतिक क्षमतामा गम्भीर क्षति पुर्‍याएपछि पनि उनीहरूले इजरायलमा आक्रमण गर्दैनन् किनकि यो यसले इरानलाई थप सङ्कटतर्फ धकेल्नेछ।”

इरानविरूद्ध बढी कडा देखिने मन्त्री काट्जले पछिल्ला महिनाहरूमा इरानविरुद्ध दोहो¥याएका चेतावनीहरूलाई पुनः दोहोर्‍याए। “इजरायलमाथिको इरानी आक्रमणले इजरायललाई कुनै पनि विद्यमान बाध्यताबाट मुक्त गर्नेछ,” उनले थपे।

“हामी इरानको कैयौँ उर्जा पूर्वाधारसहित सबै राष्ट्रिय सैन्य तथा नागरिक पूर्वाधारमा प्रहार गर्नेछौँ र इरानलाई ढुङ्गे युगमा धकेल्नेछौँ,” उनले थपे। बुधबारको अन्तर्वार्तामा काट्जले सेप्टेम्बरको मध्यमा सुरु हुने यहूदी उच्च चाडपर्वको मौसममा इरानले आक्रमण गरेमा इजरायल ‘ठूलो शक्ति’ का साथ जवाफ दिन तयार रहेको बताएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update