Khabar Out
भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो ।

उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना ( ९८४१७७५७५३)लाई सम्पर्क गर्न अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update