काठमाडौं-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडक त्रिशूली नदीमा आएको बाढीले कटान गरेको थियो ।
“धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडक भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ ०९:३३
प्रतिक्रिया दिनुहोस्







