काठमाडौं । नेपाल बैंक लिमिटेडले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भोटेकोशी बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
नेपाल बैंकका प्रतिनिधिहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्ने आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
देशमा आइपर्ने प्राकृतिक विपद्का समयमा प्रभावित नागरिक तथा समुदायलाई सहयोग गर्दै आएको नेपाल बैंकले आगामी दिनमा पनि सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।







