भोटेकोशीमा बाढी : हालसम्म ९५ जनाको शव फेला
काठमाडौं । भोटेकोशीमा आएको बाढीमा परेकामध्ये हालसम्म ९५ जनाको शव फेला परेको छ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना र विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र बल नेपालका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बाढीका कारण १९ वटा मोटरेबल पुल र ४० किलोमिटर सडकमा क्षति पुगेको विवरणमा भनिएको छ।
बाढीका कारण घाइते २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ३६ जनालाई ट्रमा सेन्टर. शिक्षण अस्पताल र सैनिक अस्पतालमा पुर्याएको छ । घाइतेको निःशुल्क उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ २०:४३
प्रतिक्रिया दिनुहोस्







