Khabar Out
चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु

गोरखा । गोरखामा चट्याङ लागेर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका बारपाक सुलिकोट–७ बालुवाडाँडाका ३२ वर्षीय दिलबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको प्रदेश अस्पताल गोरखामा उपचारका क्रममा आज मृत्यु भएको हो ।

चट्याङ लागेर सोही ठाउँका ४५ वर्षीय प्रेमबहादुर कुँवर घाइते भएका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उनको प्रदेश अस्पताल गोरखामै उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update