वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं, २७ साउन । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनलाई बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निवासबाट नियन्त्रणमा लिएको हो । पक्राउको पुष्टि गर्दै प्रहरी स्रोतले श्रेष्ठलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली परिचालित भएको थियो । पक्राउपछि श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।
श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत हुन ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ २२:२४
प्रतिक्रिया दिनुहोस्







