Khabar Out
फरार पाँच जना प्रतिवादी पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादर कसुरमा तीन र लागुऔषधसम्बन्धी कसुरमा दुई जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लागि आज अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

पक्राउ परेका प्रतिवादीबाट रु नौ हजार ६०० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update