Khabar Out
कङ्गोमा इबोला प्रकोपसँग लड्न थप सहयोगका लागि डब्लुएचओको आह्वान

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोला प्रकोपसँग लड्नका लागि विभिन्न तहमा थप सहयोगका लागि आह्वान गर्दै आर्थिक अभावका कारण रोगको प्रतिक्रिया गर्ने क्षमतालाई पछाडि पारिरहेकोसमेत जनाइएको छ ।

दुर्भाग्यवश प्रकोप अझै पनि नियन्त्रणको क्षमताभन्दा बाहिर विस्तार गइ भइरहेको डब्लुएचओका प्रवक्ता तारिक जसारेभिकले बताए । उनले आर्थिक सन्दर्भमा थप समर्थन चाहिने बताउँदै नियन्त्रण प्रतिक्रियाका सबै क्षेत्रहरू मापन गर्न अन्य स्रोतहरू पनि चाहिने प्रस्ट पारे ।

उनले कङ्गोमा तीन हजार ७४८ वटा इबोला प्रकोपका घटनाको पुष्टि भएका घटनाहरू रेकर्ड गरिएको जानकारी दिए । तीमध्ये एक हजार ६५७ जनाको रोगको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ भने ७०८ जना बिरामीहरू यो रोगबाट निको भएका छन् । थप २२७ वटा नयाँ घटनाहरु पहिचान गरिएको छ । यो सँगै १७ हजार मानिस निगरानीमा रहेको बताइएको छ र तीमध्ये ८० प्रतिशतभन्दा बढी दैनिक परीक्षण भइरहेको छ ।

देशका स्थानीय अधिकारीहरूले डब्लुएचओ र अन्य सहयोगी साझेदारहरूको सहकार्यमा ठूलो मात्रामा रोगको नियन्त्रण प्रतिक्रिया उपायहरू कार्यान्वयन जारी रहेको बताइएको छ । यद्यपि, प्रकोपसँग लड्न र प्रतिक्रिया गतिविधिहरूमा उल्लेखनीय वृद्धिका लागि आवश्यक आर्थिकलगायतका अन्य सहयोगहरु आवाश्यक रहेको जनाइएको छ ।

यसैबीच डब्लुएचओले विशेष गरी ठूलो मात्रामा मानिसहरूको निरन्तर आवागमन र सीमापार सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै उच्च निगरानी र तयारी उपायहरू कायम राख्नुपर्ने आवश्यकतालाई दोहोर्‍याएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update