Khabar Out
तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

काठमाडौँ । सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ ।

यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क रु चार हजार रहेकामा रु दुई हजार कायम गरिएको छ भने सर्वेक्षणअन्तर्गत नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको रु दुई हजार ५००बाट घटाएर रु एक हजार २०० कायम गरिएको छ ।

साथै, गणना क्षेत्र नक्सा शीर्षक थप गरी संस्थाका लागि रु २०० र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका लागि रु ३०० शुल्क निर्धारण गरिएको छ ।

साथै तथ्याङ्क सङ्कलनका लागि जनशक्ति खटाउनुपूर्व कार्यालयले जारी गरेको तालिम सञ्चालनसम्बन्धी निर्देशन बमोजिम सैद्धान्तिक र व्यावहारिक पक्ष समेट्ने गरी तालिम सञ्चालन गर्नुपर्ने विषय थप गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update