Khabar Out
उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी

वीरगञ्ज । उच्च अदालत वीरगञ्जका २९ प्रतिशत मुद्दा फर्छ्योट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका मुद्दामध्ये दुई हजार ३७८ मुद्दा फर्छ्योट हुन बाँकी रहेको हो। दर्ता भएका तथा जिम्मेवारी सरेका समेत कूल आठ हजार २२४ मुद्दा उच्च अदालत वीरगञ्जमा दर्ता भएका थिए । जसमध्ये आव २०८२/०८३ मा पाँच हजार ८४६ मुद्दा फर्छ्योट भएका छन्।

उच्च अदालत वीरगञ्जले आज पत्रकार सम्मेलनको आयोजना गरी आव २०८२/०८३ मा ७१ दशमलव शून्य आठ प्रतिशत मुद्दा फर्छ्योट भएको जनाएको छ।

आव २०८०/०८१ मा आठ हजार मुद्दामध्ये चार हजार ५२८, आव २०८१/०८२ मा कुल ८ हजार ३२९ मुद्दामध्ये चार हजार ७३५ थान मुद्दा फर्छ्योट गरिएको थियो।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगीले आर्थिक वर्ष २०८२/०८३ मा फैसला हुन बाँकी रहेका मुद्दामध्ये ६ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, बाह्रदेखि १८ महिनासम्मका २८२ तथा १८ महिना नाघेका २१ मुद्दा रहेको जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update