अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
बागलुङ । पहिराेका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ८ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।
बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।
दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए। रासस
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १७:३७
प्रतिक्रिया दिनुहोस्






-1784977171.jpg)
