Khabar Out
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन ।

सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए । 

दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो । रासस

 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update