Khabar Out
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ । तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ । उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो ।

यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ ।

गत आवमा नै व्यवस्थित हाटबजारस्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ३, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update