अनुमति बिना स्टिकरको प्रयोग निषेध
चितवन । प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो । नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी सवारीसाधनले कालो स्टिकर हटाएका छन् ।
प्रमुख प्रहरी निरीक्षक अनिल थापाले कालो स्टिकर कर्ताले लागुऔषध, चोरीका सामान, हातहतियार ओसारपसार, अपहरण तथा शङ्कास्पद वस्तु ओसारपसार गरेको शङ्का लागेकाले हाललाई कालो स्टिकर प्रयोगमा रोक लगाइएको जानकारी दिए । रासस
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ १७:२१
प्रतिक्रिया दिनुहोस्







