Khabar Out
मन्दिरका कर्मचारीसहित ८ जना पक्राउ

काठमाडाैँ । भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको जनाएको छ।

बिहीबार जारी गरिएको सरकारी विज्ञप्तिमा प्रहरीले मन्दिरका कर्मचारीहरूसहित ८ जनालाई पक्राउ गर्दै चन्दा वितरणमा अनियमितता भएको आरोपमा बिहीबार आपराधिक मुद्दा दर्ता गरिएको जनाएको छ ।

तीमध्ये अधिकांश नगद र भक्तहरूले दान गरेको सुन र चाँदीसहितका बहुमूल्य वस्तुहरू गणना वा व्यवस्थापन गर्नमा संलग्न रहेको मिडियाहरुले रिपोर्ट गरेका छन्। मिडिया रिपोर्टहरूले चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुन सक्ने बताएका छन्।

पक्राउ परेका आठजना माथि आपराधिक विश्वासघात, चोरी, आपराधिक षड्यन्त्र र भ्रष्टाचारको आरोप लगाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस विषयलाई हेर्ने विशेष अनुसन्धान टोली गठन गरेको र कुनै पनि दोषी व्यक्तिलाई नछोडिने प्रतिवद्धता गरेको विज्ञप्तिमा उद्धृत गरिएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update