Khabar Out
विश्वकप फुटबल: ब्राजिलद्धारा हाइटी ३-० ले पराजित

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा ब्राजिलले हाइटीविरुद्ध फराकिलो गोलअन्तरले विजयी भएको छ । ब्राजिल ३(० गोलसहित विजयी भएको हो ।

ब्राजिलका लागि म्याथ्यु कुन्हाले दुई र भिन्सियस जुनियरले एक गोल गरे । कुन्हाले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो गोल उनले २३ औँ मिनेटमा गरे । यस्तै, भिन्सियसले खेलको ३६ औँ मिनेटमा गोल गरेका थिए । विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित हो ।

उता ५६ वर्षपछि विश्वकपमा सहभागी भएको हाइटी दुवै खेलमा गोलविहीन भएको छ । 

यसअघि ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको थियो । हाइटीले भने समूह चरणका दुवै खेलमा हार व्यहोरेको छ । यसअघि हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो । जितसँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएकाे छ । 

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update