करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे।
उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए । रासस
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३ १४:१४
प्रतिक्रिया दिनुहोस्







