दाङ । घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ ।
उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३र८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गरेका हुन् ।
उनले बाँझो जमिन उपयोगका लागि भूमि बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउने, भूमिहीन दलित र भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थापन गर्ने बताए ।
नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम लागू गरिने जानकारी दिए ।
उनले सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नेलगायतका काम क्रमशः गरिँदै जाने बताए । रासस







