Khabar Out
चक्कु देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

बुटवल । सामाजिक सञ्जालमा एक युवतीमाथि चक्कु देखाउँदै कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भमके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् । उनलाई मंगलबार राति उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त भिडियो चैत महिनामा तुलसीपुरस्थित रमेशको घरनजिक रहेको बासघारी क्षेत्रमा खिचिएको थियो । भिडियो सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान अघि बढाइएको हो ।

भिडियोमा रमेश ठाडा मगरले २१ वर्षीया एक युवतीलाई गालीगलौज गर्दै चक्कु देखाएर धम्की दिएको र कुटपिट गरेको देखिन्छ । युवती रुँदै ‘अब गर्दिनँ’ भन्दै अनुरोध गरिरहेको दृश्य पनि भिडियोमा कैद भएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update