Khabar Out
साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने उक्त प्रतियोगिताका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन । प्रशिक्षक न्यौपानेले टोलीलाई तयारी गराउन पहिलो चरणको बन्द प्रशिक्षण यही वैशाख १४ गतेदेखि सुरु गर्ने तालिका रहेको एन्फाले जनाएको छ ।

आठौँ संस्करण साफ च्याम्पियनसिप भारतको गोवा राज्यस्थित मार्गाओमा आगामी मे २५ देखि जुन ७ तारिखसम्म आयोजना हुँदै छ । दक्षिण एसियाली महिला फुटबलमा नेपाल सधैँ बलियो दाबेदारका रूपमा देखिँदै आएको छ तर पटक–पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन । प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छ ।

छनोट भएको प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाईं, मीना देउवा, नेहा कुमारी चौधरी र निशा ठोकर छन् ।

त्यसैगरी, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मियाँ, सुशीलाकुमारी चौधरी र उषा नाथ छन् । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update