Khabar Out
चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

काठमाडौं । चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।

खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२८ मंसिरमा मतदान हुने महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज मनोनयन दर्ता भएको छ । रासस

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update