Khabar Out
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक छन् ।

आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए । पाठकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update