मनाङका मतदान केन्द्र हिउँले सेताम्मे
बिहीबार, माघ २९, २०८२
मतदाताको उम्मेदवारलाई प्रश्न : ५० वर्षदेखिको लालपुर्जाको समस्या समाधान कहिले हुन्छ ?
बिहीबार, माघ २९, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारसहित आ–आफ्ना टोली घरदैलो अभियानमा व्यस्त देखिन्छन् ।
अभियानका क्रममा भुम्लु गाउँपालिकामा मतदाताले अन्यत्रको भन्दा फरक माग राख्दै विकास र समृद्धि प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका छन् । गाउँपालिकाको ७ र ८ नं वडाका बस्तीमा पुग्दा मतदाताले उम्मेदवारसँग एउटै...
प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान
बिहीबार, माघ २९, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी एकप्रति सम्बन्धित निर्वाचन...
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाइते
बिहीबार, माघ २९, २०८२
देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।



