Khabar Out
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ ।
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन मौरीपालन विकास कार्यक्रम भण्डाराले मौरीको रानो वितरण सुरुआत गरेको छ । यसवर्ष एक हजार २६० रानो वितरण गर्न लागिएको हो । कार्यालयले उत्पादन गरेको उन्नत जातको रानो मौरीपालक किसानलाई सहुलियत मूल्यमा वितरण थालनी गरेको हो । कार्यालयका प्रमुख सुजन अंगाईका अनुसार अहिलेसम्म ९५किसानलाई ५१२ रानो वितरण गरी सकिएको छ ।...
एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण
एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार यसै वर्षबाट सञ्चालन गर्ने तयारी गरिएको छ । शीतभण्डार निर्माणको अन्तिम चरणका विद्युत् जडान तथा ‘रेफ्रिजेरेसन’लगायतका काम भइरहेका छन् । निर्माणको म्याद २०८३ मङ्सिर मसान्तसम्म रहेकाले यसै वर्षबाट सञ्चालन गर्नेगरी काम भइरहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन...
बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो
बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया ठेक्कामा सञ्चालन गरेर बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोक्का गरेको हो । नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज...
१२ वर्षसम्म पुल नबनाउने मृत सञ्जीवनीको ठेक्का रद्द : कालोसूचीमा राख्ने प्रक्रिया सुरु
१२ वर्षसम्म पुल नबनाउने मृत सञ्जीवनीको ठेक्का रद्द : कालोसूचीमा राख्ने प्रक्रिया सुरु तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको पोखरा–नारायणगढ सडकअन्तर्गत बुद्धसिंह मार्गको घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न नगरेको र पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै निर्माण...
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तीर्थ कूटनीतिमार्फत नेपालका मुख्य धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धन गरिने उल्लेख छ ।
दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित
दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित चुरे फेदीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत् सेवा नहुँदा सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । बस्तीमा जडान गरिएका ‘बोरिङ’ पर्याप्त विद्युत् प्रसारण नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । सिँचाइकै अभावमा स्थानीय बासिन्दाको खेतीपाती र पशुपालन व्यवसाय सङ्कटमा परेको छ ।
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय...
नेपालगञ्जमा प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम
नेपालगञ्जमा प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो । “त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ”, पञ्जावीले विगत...
११ वर्षपछि ग्रामीण सडक कालोपत्रे
११ वर्षपछि ग्रामीण सडक कालोपत्रे विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्रे गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलो पटक कालोपत्रे गरिएको हो । भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्रे गरिएको हो ।...
उपत्यकामा जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा
उपत्यकामा जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज जथाभावी हर्न बजाउने २०० भन्दा बढी सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन...
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आज जनकपुरधाममा हुँदै छ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फछ्र्योटको अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए । सो मेलामा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली,...
Weather Update