भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज
शुक्रबार, कात्तिक २८, २०८२
विभिन्न कार्यक्रम गरी आज विश्व मधुमेह दिवस मनाइँदै
शुक्रबार, कात्तिक २८, २०८२
काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति...
अन्नपूर्ण गाउँपालिकामा १५६ योजना छनौट
बिहीबार, कात्तिक २७, २०८२
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन गर्ने एक सय ५६ योजना छनौट गरेको छ । रु.१६ करोड २७ लाख ८३ हजार बजेट बिनियोजन भएका तीन योजना कार्यान्वयनका लागि सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन, ठेक्का आव्हान र सम्झौताको प्रक्रिया अघि बढाएको हो ।
दूध बिक्रीबाट वार्षिक १३ लाख आम्दानी
बिहीबार, कात्तिक २७, २०८२
कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । मजदुरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएका हुन् ।
कुनै बेला भारतमा मजदुरी गर्ने राना अहिले...
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार
बुधबार, कात्तिक २६, २०८२
गोरखा । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको...
पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र
बुधबार, कात्तिक २६, २०८२
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने गौरीघाट–कुमारीगाल–बौद्ध सडकको कालोपत्र उप्काएर ‘आस्फाल्ड प्रविधि’ को कालोपत्र गर्न लागिएको छ । कालोपत्र भइरहेको सडक उप्काउन थालेपछि दुई विश्व सम्पदा जोड्ने मार्गमा धुलो उड्न थालेको स्थाीनयवासीको गुनासो छ । आयोजनाले सूचना पाटीसमेत नराखी कालोपत्र उप्काएर के गर्न खोजेको हो भन्ने थाहा...
भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु
मंगलबार, कात्तिक २५, २०८२
भोजपुर जिल्लामा गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ एक महिना लामो खोप अभियान सुरु भएको छ। जिल्लाभरका किसानका पशुहरूमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ।
मानव स्वास्थ्य र वातावरणीय असर देखिन थालेपछि इँटा उद्योग बन्दको माग
मंगलबार, कात्तिक २५, २०८२
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द गर्न स्थानीयले माग गरेका छन् ।...
कैलालीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग
सोमबार, कात्तिक २४, २०८२
घनाबस्तीकोबिचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन् । उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।
चार किलोमिटर सडकको पाँच वर्षमा छ पटक म्याद थपेपछि बल्ल कालोपत्र गरिँदै
सोमबार, कात्तिक २४, २०८२
बागलुङ । निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउँदै निर्माण व्यवसायीले सडक कालोपत्र गरेका थिएनन् ।
हाल भने धमाधम ‘ग्राभेल’ भइरहेको छ । सङ्घीय सरकार र काठेखोला...
बागलुङ नगरपालिकामा सडकको कालोपत्र र ढलान सुरु
आइतबार, कात्तिक २३, २०८२
बागलुङ नगरपालिकाले नगरभित्रका पाँच साना सडकको कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ । साना तथा टुक्रे सडक जीर्ण भएपछि कुरुप बन्दै गएको बागलुङ बजारका भित्री सडक कालोपत्र गर्न थालिएको हो । नगरपालिका–४ उपल्लाचौरको आर्मी...
आठवर्षसम्म पाएन मङ्गला गाउँपालिकाले भवन बनाउन निःशुल्क जग्गादाता
आइतबार, कात्तिक २३, २०८२
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको आठ वर्षसम्म जग्गा प्राप्ति प्रक्रियामै अल्झिएको छ । तीव्र रूपमा बस्ती विकास भइरहेको पालिकाको केन्द्र बाबियाचौरमा मापदण्ड पुग्ने जग्गा निःशुल्क दिन नसक्नु, सरकारी दररेटअनुसार उपलब्ध गराउन रुचि नदेखाउनु, विवाद, समन्वयको कमी र मुद्दाका कारण जग्गा प्राप्ति सकसपूर्ण बनेको हो...
नासोलाई आइएयुको राष्ट्रिय सदस्यको मान्यता प्राप्त
शनिबार, कात्तिक २२, २०८२
काठमाडौँ । लामो समयको प्रयासपछि नेपाल खगोल विज्ञानको सर्वोच्च संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आइएयु) को सदस्य राष्ट्र बन्न सफल भएको छ । आइएयुमा नेपालको तर्फबाट नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले प्रतिनिधित्व गर्ने भएको छ ।
आइएयुले राष्ट्रिय सदस्यका रूपमा मान्यता दिएसँगै सन् २००७ देखि नेपालमा सञ्चालित कार्यक्रमको औचित्य पुष्टि गर्न...



