बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
आइतबार, माघ २५, २०८२
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
आइतबार, माघ २५, २०८२
काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ,...
गिद्ध संरक्षणका लागि विषाक्त औषधि प्रयोगमा प्रतिबन्ध लगाउनमा माग
आइतबार, माघ २५, २०८२
गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने विषाक्त औषधिको प्रयोग तत्काल प्रतिबन्ध गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । विषाक्त औषधिको बढ्दो प्रयोगका कारण गिद्ध संरक्षणमा गम्भीर चुनौती थपिएको भन्दै सरोकार भएकाहरूले चिन्ता व्यक्त गरेका हुन् ।
बर्ड कन्जर्भेसन नेपालको आयोजना, जटायु रेष्टुरेन्टको सहआयोजना, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय...
भेनेजुएलामा आममाफी विधेयक विवादमा, विपक्षद्वारा गम्भीर कमजोरीको आरोप
शनिबार, माघ २४, २०८२
भेनेजुएलामा २७ वर्ष लामो समाजवादी शासनकालका क्रममा पक्राउ परेका राजनीतिक असन्तुष्टहरूलाई लक्षित गरी ल्याइएको आममाफी विधेयकलाई लिएर तीव्र विवाद उत्पन्न भएको छ । देशको सबैभन्दा ठूलो विपक्षी गठबन्धनले प्रस्तावित कानुनमा गम्भीर कमजोरी र छुटहरू रहेको आरोप लगाएको छ ।
पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ सुरु
शनिबार, माघ २४, २०८२
पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ ।
तन्त्रको साधनास्थली र आध्यात्मिक ऊर्जा केन्द्रको रूपमा नेपाललाई विश्वमा चिनाएर धार्मिक पर्यटन प्रवर्द्धन गराउन वनकालीस्थित श्रीपशुपतिनाथ मन्दिर परिसरको नेपाल वेद विद्याश्रममा आजदेखि आगामी फागुन ४ गतेसम्म महायज्ञ जारी रहने...
विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ
शुक्रबार, माघ २३, २०८२
रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय...
सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’
शुक्रबार, माघ २३, २०८२
तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ ?’ अमिरिका चौधरी केही बोल्न खोज्छिन् तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उनको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर । बाहिर देशभर चुनावी र्याली र माइकिङको चर्को आवाज गुञ्जिरहेको छ, चोकचोकमा नारा लागिरहेका...
बैतडीमा बस दुर्घटना : ८ जनाको मृत्यु, ४५ जना घाइते
बिहीबार, माघ २२, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बैतडीको पुर्चौँडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको पवनदूत यातायातको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौँडी–७ बडगाउँ मोडमा आज बेलुकी ८ बजेतिर दुर्घटनामा परेको हो ।
‘उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न मिल्दैन’
बिहीबार, माघ २२, २०८२
जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व...
उदयपुर–२ मा फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
बिहीबार, माघ २२, २०८२
जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोश उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे—घरअगाडिको सडक कालोपत्रे भएको । त्यो सपना भने अझै पूरा भएको छैन ।...
जथाभावी पार्किङ गर्ने १५ वटा रात्रिकालीन बस चालक कारबाहीमा
बुधबार, माघ २१, २०८२
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने १५ वटा रात्रिकालीन बस चालकलाई कारबाही गरेको छ ।
बुधबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा कारबाही गरिएको हो । लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म...
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
बुधबार, माघ २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीमा फरार दुई पक्राउ
बुधबार, माघ २१, २०८२
नेपाल प्रहरीले मंगलबार दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका...



