Khabar Out
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुँदै काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । । बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।  बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 
जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु
जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी...
काभ्रेमा खानेपानीको मूल सुक्दै, पानी खोज्न टाढाटाढा धाउदै स्थानीय
काभ्रेमा खानेपानीको मूल सुक्दै, पानी खोज्न टाढाटाढा धाउदै स्थानीय काभ्रेपलाञ्चोक । केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो । बाढी पहिरो, वन फडानी, अव्यवस्थित पूर्वाधार विकास, भूकम्प, जलवायु परिवर्तनलगायतका कारण पानीका मुहान सुक्दै गएको सरोकारवाला निकायको...
ओखलढुंगामा ४ हजार घर पहिरोको जोखिममा
ओखलढुंगामा ४ हजार घर पहिरोको जोखिममा जिल्लाका आठ स्थानीय तहका चार हजारभन्दा बढी घर मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको अनुमान गरिएको छ । आठ स्थानीय तहका ३५ बस्तीका चार हजार ४७ घर बाढीपहिरोको जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अनुप पौडेलका अनुसार विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ का अनुसार जिल्लामा तीन हजार ९०४...
नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने
नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए ।  “निर्माण कम्पनी...
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम
दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्योलमा देखिएको छ । अहिले निर्माणाधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ । अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको...
पूजा आराधना गर्न पशुपतिनाथ मन्दिरको चारै ढोका खुला
पूजा आराधना गर्न पशुपतिनाथ मन्दिरको चारै ढोका खुला काठमाडौँ । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरी व्यवस्था मिलाएको बताए । ...
टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा एक जनाको मृत्यु
टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा एक जनाको मृत्यु देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
यस्तो बन्यो जलजला जोड्ने पदमार्ग
यस्तो बन्यो जलजला जोड्ने पदमार्ग म्याग्दी । म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने धार्मिक, पर्यटकीयस्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी प्रदेश सरकारको २० लाख बजेटबाट पर्वतको मोदी गाउँपालिका–१ माटेबाट मोदी र जलजला गाउँपालिकाको...
छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम चलाउन सरकारको निर्देशन
छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम चलाउन सरकारको निर्देशन कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।  आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतेको अवस्थामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको घटनासमेतको गाम्भीर्यलाई मध्यनजर...
मुक्त कमैया घोषणाको पच्चीस वर्ष: अझै प्रतिबद्धता कार्यान्वयन भएन
मुक्त कमैया घोषणाको पच्चीस वर्ष: अझै प्रतिबद्धता कार्यान्वयन भएन मुक्तिको घोषणाको पच्चिस वर्ष बितिसक्दा पनि सरकारले गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न नसक्दा कञ्चनपुरका मुक्त कमैया परिवार अझै पनि बाँच्नकै लागि सङ्घर्षरत छन् । अढाई दशकअघि गरिएको घोषणाअनुसार सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको सुनिश्चितता प्राप्त नहुँदा मुक्त कमैयाको सपना अधुरै रहेको छ ।
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा विन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने...
Weather Update