Khabar Out
पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी
पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला  सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए ।
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ ।  यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास...
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन् । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको...
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का...
रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन
रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन रामेछाप । निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी गुडाउनै नसकिने बनेका हुन् ।  जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी –धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा...
सुनकोसी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र
सुनकोसी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोसी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ...
कानुनको अभावमा विद्युतीय फोहाेर व्यवस्थापनमा समस्या
कानुनको अभावमा विद्युतीय फोहाेर व्यवस्थापनमा समस्या विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहाेर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहाेर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा...
घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बनाउन शिलान्यास
घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बनाउन शिलान्यास कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ । नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।  गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक...
मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा
मल लिन पाल्हीनन्दनका किसान रातिदेखि लाइनमा नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका किसान मल लिनका लागि रातिदेखि नै लाइन बसेका छन् । रासायनिक मल लिनका लागि रातिदेखि नै किसानहरू सहकारी र वडा कार्यालय अगडि लाइनमा बसेका हुन् । पाल्हीनदन गाउँपालिका-४ का रामानन्दन हरिजनले भने, 'रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका...
आज देशभर साधारणतया बदली रहने
आज देशभर साधारणतया बदली रहने काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी...
कैलालीमा रगतको अभाव, बिरामीको उपचारमा समस्या
कैलालीमा रगतको अभाव, बिरामीको उपचारमा समस्या कैलाली । कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा रगत नहुँदा उपचारमा कठिनाइ भइरहेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।  रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्तले रगत अभावमा शल्यक्रिया गर्नुपर्ने, प्रसूति सेवा लिने र सडक दुर्घटनामा परेका...
सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद
सिराहामा सशस्त्र प्रहरीद्वारा ९ करोड ६० लाख बराबरको अवैध सामान बरामद सशस्त्र प्रहरी बल, नेपाल नं ७ गण, सिराहाले आर्थिक वर्ष २०८१/८२ मा रु नौ करोड ६० लाख बराबरको अवैध सामान बरामद गरेको छ । यस अवधिमा लत्ताकपडा, किराना, हार्डवेयर, इलेक्ट्रोनिक्स, औषधि, मदिरा, पशु चौपायालगायतका विभिन्न सामग्री र गैरकानुनी रूपमा प्रयोगमा आएका सवारीसाधन नियन्त्रणमा लिइएका हुन् । 
Weather Update