Khabar Out
डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु

काठमाडौँ । डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र डिजिटल फ्रिड्मलगायतका संस्थाको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग प्रयोगमार्फत मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षासम्बन्धी छलफल गरिएको हो ।

सम्मेलनको उद्घाटन गर्दे सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीले डिजिटल अधिकारको मुद्दा प्रविधिकोमात्र नभइ राज्यकोसमेत भएकाले राज्य तहबाटै यसको समस्या समाधानका लागि पहल हुनुपर्ने बताए ।

उनले अहिले प्रविधिको समय भएकाले यसलाई सही ढङ्गले प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताए । उनले डिजिटल अधिकार अमूर्त विचार भन्दा पनि संविधानद्वारा संरक्षित समानता र स्वतन्त्रता जस्ता मौलिक अधिकार भएको उल्लेख गरे ।

प्रविधि सुविधाको उपकरणका रूपमा मात्र विकास हुन नहुने उनको भनाइ थियो । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि हाना सिंगर हम्दीले डिजिटल अधिकारलाई सही ढङ्गले प्रयोग गर्नुपर्ने बताए ।

डिजिटल युगले गणतन्त्रलाई मद्दत पुर्‍याउने उनको भनाइ थियो । उनले आधुनिक समाजमा नैतिक र जिम्मेवार प्रविधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । रासस

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update