Khabar Out
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।
गर्मीयाम र पानी परेसगै महोत्तरीमा सर्पदंशका घटनामा बृद्धि
गर्मीयाम र पानी परेसगै महोत्तरीमा सर्पदंशका घटनामा बृद्धि महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् । असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना...
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात...
डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै, गाउँभर खानेपानी समस्या
डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै, गाउँभर खानेपानी समस्या बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू...
संसद्‌मा आज : रास्वपा र राप्रपाको बहिष्कार, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइयो
संसद्‌मा आज : रास्वपा र राप्रपाको बहिष्कार, प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम हटाइयो प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सासंदहरुको प्रश्नको जवाफ दिने निर्धारित कार्यक्रम प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै दलका सांसद आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले...
विनयी खोलाको बाढीले बस बगायो, यात्रु सकुशल
विनयी खोलाको बाढीले बस बगायो, यात्रु सकुशल नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवलखण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौंबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस गए राति (असार ५) बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख एवं प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस...
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा कञ्चनपुर। गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तार जालीमा छान्ने कार्य गर्दछन् । बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउँछन् । गिरी दम्पतीको यो...
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस
आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस काठमाडौँ । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा यो दिवस मनाइन्छ । द्वन्द्वको समयमा हुने यौन हिंसालाई अन्त्य गर्न, पीडितको न्याय सुनिश्चित गर्न र यस्ता...
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन
कैलाली भन्सार कार्यालयद्वारा ७ अर्ब ८१ करोड राजस्व सङ्कलन कैलाली भन्सार कार्यालयले ११ महिनामा रु सात अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म उक्त रकम सङ्कलन भएको हो । कार्यालयले भन्सार महसुलतर्फ रु दुई अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धिकरतर्फ रु दुई...
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस पर्सा । डिभिजन वन कार्यालय कार्यालय पर्सामा २०७७ साल चैत १० गते अवैध रुपमा ११ दशमलव ८४ क्यूफिट ‘ए’ ग्रेडको सालको वन पैदावर ओसारपसार गरेको अभियोगमा पर्साका तीन जना विरुद्ध मुद्दा दर्ता भयो ।  वीरगञ्ज महानगर वडा नम्बर २९ का रतनपुरका कासिम मिया नेटुवा, वीरगञ्ज–३२ का परसवाका रामलाल महतो र...
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला कञ्चनपुरका दुई पालिकाका घरपालुवा चौपायामा खोरेत रोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला परेको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिकामा चौपायामा खोरेत सार्ने भाइरसको नमुना जाँच गर्दा सङ्क्रमण फेला परेको हो । तीन वर्षपछि खोरेत सार्ने ‘सेरोटाइप ए’ को भाइरस फेला परेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक...
Weather Update