Khabar Out
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै
पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन ।प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने
आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले आज (बुधबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको...
ट्राफिक सप्ताहको चौथो दिन : विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम
ट्राफिक सप्ताहको चौथो दिन : विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम काठमाडौं । ट्राफिक सप्ताहको आज चौथो दिन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सञ्चालन भइरहेको छ । ...
भरतपुर अस्पतालमा बिरामीको चाप उच्च
भरतपुर अस्पतालमा बिरामीको चाप उच्च गर्मी महिनामा बिरामीको चाप बढी हुने चितवनको भरतपुर अस्पतालमा यस पटक जाडो महिनामा पनि बिरामीको सङ्ख्याले रेकर्ड कायम गरेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् । जाडो महिनामा बिरामीको यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको अस्पतालले जनाएको छ ।...
काठमाडौँ र ललितपुरका १८ फर्म वाणिज्य विभागको कारबाहीमा
काठमाडौँ र ललितपुरका १८ फर्म वाणिज्य विभागको कारबाहीमा काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १८ फर्ममा निरीक्षण गरी कारबाहीको दायरामा ल्याएको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीतको गतिविधि गरेको आरोपमा न्यू आर ए इन्टरप्राइजेजलाई रु २० हजार जरिवाना गरेको छ । विभागले विभिन्न पेन्टस कम्पनी, हार्डवेयर पसल तथा निर्माण सामग्री...
मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता
मृत्यु भइसकेकाको सामाजिक सुरक्षा भत्ता लिने पाँचजनाविरुद्ध मुद्दा दर्ता काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा दोलखाको मेलुङ गाउँपालिका–१...
अस्ट्रेलियामा मेटाद्वारा पाँच लाख ५० हजार अकाउन्ट बन्द
अस्ट्रेलियामा मेटाद्वारा पाँच लाख ५० हजार अकाउन्ट बन्द काठमाडौं । अस्ट्रेलियाले बालबालिकाका लागि लागु गरेको ऐतिहासिक सामाजिक सञ्जाल प्रतिबन्धको केही समयमै मेटाले करिब पाँच लाख ५० हजार अकाउन्ट बन्द गरेको छ । गत डिसेम्बरदेखि लागु भएको नयाँ कानुनले इन्स्टाग्राम र फेसबुकसहित विश्वका लोकप्रिय सामाजिक सञ्जालहरूलाई १६ वर्षमुनिका अस्ट्रेलियाली नागरिकहरूलाई अकाउन्ट खोल्न वा राख्न दिन रोक लगाएको छ ।...
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीको फोक्सिङटारमा मोटरेबल पक्की पुल बाढीले बगाएपछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख...
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माण अलपत्र
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माण अलपत्र जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त अस्पताल भवन २०७८ असार...
काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्‍यो
काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्‍यो आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन् । उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले...
नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु
नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ६ देशका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनका संयोजक एवम् अक्सफोर्ड कलेजका अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा‍‍. वसन्तप्रसाद अधिकारीका अनुसार यस दोस्रो अन्तरराष्ट्रिय...
Weather Update