Khabar Out
ट्राफिक सप्ताहको चौथो दिन : विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम

काठमाडौं । ट्राफिक सप्ताहको आज चौथो दिन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक कार्यक्रम गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ “दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सञ्चालन भइरहेको छ । 

गत २६ गतेदेखी सुरु भएको ट्राफिक सप्ताह आगामी माघ ३ गतेसम्म सञ्चालन हुनेछ । ट्राफिक सप्ताह भर ट्राफिक सम्बन्धी जनचेतना फैलाउने काम गरिने जनाएको छ ।

जस अन्तर्गत ६ हजार ५ सय २१ जना यात्रु तथा पैदलयात्रुलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाएको, ६ सय जना चालकहरुको एकदिने आँखा स्वास्थ्य चेकजाँच,स्कुल कलेजका ९५१ जना विद्यार्थीहरुलाई सचेतना, ३ सय ९३ जना ट्राफिक स्वयंसेवक परिचालन,२ हजार २ सय १७ जनालाई रात्रीकालिन विशेष सचेतना,२ हजार ३ सय ९७ जना चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, ५ हजार २ सय ५ जना दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनका चालकलाई सचेतना गराएको छ ।

त्यसैगरी लेन नियम उल्लघंन, मादक पदार्थ सेवन गरी सावारी चलाउने, ट्राफिक लाईटको उल्लघंन र तिव्र गतिमा सवारी साधन चलाउने २३६ जनालाई सचेतनामुलक कक्षा, ६१५ जनालाई आरक्षण सिट तथा यात्रु मैत्री व्यवहार सचेतना,१०० जनालाई नागरिक सुनुवाई, १४३० जनालाई प्रभात फेरी कार्यक्रममा समावेस, ५१६ जना चालक तथा यात्रुलाई सुरक्षित यात्राको कामना, ३५७ जनालाई कानुनी कारबाही सचेतना,११७० जना सवारी चालक अनुमति पत्रको लिखित परीक्षा दिने परीक्षार्थीलाई सचेतना, ६५ जना एयरपोर्टमा कार्यरत नेपाली सेनाका कर्मचारीलाई प्रशिक्षण गरी २३ हजार ६ सय २४ जना सडक प्रयोग कर्ताहरू आजको विशेष सचेतना अभियानबाट लाभान्वित भएका छन् ।

साथै ५ हजार २ सय ४८ जनालाई पर्चा पम्प्लेट वितरण, ल्य ज्यचल,ल्य म्चष्लप बलम म्चष्खभ,म्चगन गकभ ष्क जबचmाग,िीबलभ,इखभच क्उभभम,च्भम ीष्नजत सँग सम्बन्धित २ हजार ५ सय ९५ ओटा स्टिकर टाँस गरिएको छ ।

सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक नरेश राज सुवेदीले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update