आम्दा अस्पताल : १० वर्षमा करिब ९ लाख बढीलाई स्वास्थ्य सेवा
सोमबार, कात्तिक १७, २०८२
पाँचथरका अवरुद्ध मुख्य सडकमा यातायात सञ्चालन
आइतबार, कात्तिक १६, २०८२
अविरल वर्षाका कारण अवरुद्ध रहेका मुख्य सडक आजदेखि सञ्चालन भएका छन् । बाढी र पहिराेका कारण अवरुद्ध रहेका मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग र तमोर करिडोर सडकमा यातायात सञ्चालनमा आएका हुन् । पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र इलामलाई तराईसँग जोड्ने मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ...
कमजोर बन्दै ‘मोन्था’ आँधीको प्रभाव
आइतबार, कात्तिक १६, २०८२
काठमाडौँ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही...
घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग
शनिबार, कात्तिक १५, २०८२
घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम आयोजनाको तयारी गरेका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भनिए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीयले आन्दोलनको तयारी थालेका हुन् ।
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
शनिबार, कात्तिक १५, २०८२
वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले...
राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह
शुक्रबार, कात्तिक १४, २०८२
काठमाडौँ । चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ ।
पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ, एमालेका नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र...
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
शुक्रबार, कात्तिक १४, २०८२
म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक...
निन्दा खोलामा मल्टिस्पान झोलुङ्गे पुल निर्माण
शुक्रबार, कात्तिक १४, २०८२
झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ ।
मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका...
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै
बिहीबार, कात्तिक १३, २०८२
महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवार हालै रिले अनशनमा बसे । अनशनका क्रममा सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनर्स्थापनाको विषय अढाई दशक नजिक पुग्दा पनि सुनुवाइ नभएकोप्रति चिन्ता व्यक्त गरे ।
मुलुकमा व्यवस्था परिवर्तन भएको लामो समय बितिसक्दा पनि पीडितले नेता र...
‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धार प्रयास जारी छ : सेना
बुधबार, कात्तिक १२, २०८२
मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ । ‘हिडन भ्याली’ मा तीन बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा’ शीर्षकमा आज मध्याह्न समाचार सम्प्रेषण भएको थियो । सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित...
हिमपातका कारण ‘हिडन भ्याली’मा ३ बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा
बुधबार, कात्तिक १२, २०८२
निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन बेलायती महिला र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२...
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबार, कात्तिक १२, २०८२
काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
विभागका अनुसार उक्त अवधिमा देशको बागमती,...
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित
मंगलबार, कात्तिक ११, २०८२
सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, “दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै...



