Khabar Out
डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु
डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु डिजिटल अधिकारसम्बन्धी एकदिने सम्मेलन सुरु भएको छ । इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट र डिजिटल फ्रिड्मलगायतका संस्थाको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा प्रविधिको सही प्रयोग प्रयोगमार्फत मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सुरक्षासम्बन्धी छलफल गरिएको हो । सम्मेलनको उद्घाटन गर्दे सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीले डिजिटल अधिकारको मुद्दा प्रविधिकोमात्र नभइ राज्यकोसमेत भएकाले राज्य...
चार लेनको मादी पुल अन्तिम चरणमा
चार लेनको मादी पुल अन्तिम चरणमा मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ ।
कैलाली प्रहरीको 'सर्च एन्ड स्विप अपरेसन', फरार ३४२ प्रतिवादी पक्राउ
कैलाली प्रहरीको 'सर्च एन्ड स्विप अपरेसन', फरार ३४२ प्रतिवादी पक्राउ कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चालन गरेको ‘सर्च एन्ड स्विप अपरेसन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी फरार प्रतिवादी पक्राउ परेका हुन् । अदालतले गरेको फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले यो...
प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन
प्रभावकारी छैन बेरुजु लेखाङ्कन, थन्किए महालेखाका प्रतिवेदन गत २३ र २४ भदौको ‘जेनजी’ प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमसँगै संसद् विघटन भएपछि संसद्का अधिकांश नियमित कामकाज ठप्प छन् । प्रतिनिधिसभा मातहतका समिति निष्क्रिय जस्तै भएपछि सार्वजनिक लेखासमितिमा महालेखापरीक्षकको ६०औँ प्रतिवेदनयताका तीन वटा वार्षिक प्रतिवेदनमाथि संसदीय छलफल हुनसकेको छैन ।
देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक
देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा मापदण्ड...
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति, संरचना निर्माणमा समस्या
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति, संरचना निर्माणमा समस्या सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ । गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा....
आज संसद् सेवा दिवस मनाइँदै
आज संसद् सेवा दिवस मनाइँदै काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।...
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ । थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो ।
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् । निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरको जीर्णोद्धार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरको जीर्णोद्धार म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को...
अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते
अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् । रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो ।
Weather Update