Khabar Out
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले...
राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह
राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह काठमाडौँ । चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न आग्रह गरिएको छ । पूर्वमन्त्रीहरू ज्वालाकुमारी शाह, भगवती न्यौपाने, पूर्वराज्यमन्त्री विमला विक र राष्ट्रिय सभाका सांसद भैरवसुन्दर श्रेष्ठ, एमालेका नेताहरू पार्वती रावल, पार्वती विशुंके, अइन्द्रसुन्दर नेम्वाङ, सूर्य ढकाल, हरि राजवंशी, अफिलाल ओखडा, गोविन्द थापा र लेखक तथा विश्लेषक प्रा डा योगेन्द्र...
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि परेको हिमपातका कारण मुस्ताङको ‘हिडन भ्याली’ इलाकामा फसेकाले बुधबार मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी  र गैरसैनिक पथप्रदर्शक...
निन्दा खोलामा मल्टिस्पान झोलुङ्गे पुल निर्माण
निन्दा खोलामा मल्टिस्पान झोलुङ्गे पुल निर्माण झापा । मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा रु चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ । मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका...
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै
शुक्लाफाँटा निकुञ्ज विस्थापितका पीडा : ३३ आयोग गठन भए, समस्या उस्तै महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूल ढोका अगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवार हालै रिले अनशनमा  बसे । अनशनका क्रममा सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले पुनर्स्थापनाको विषय अढाई दशक नजिक पुग्दा पनि सुनुवाइ नभएकोप्रति चिन्ता व्यक्त गरे । मुलुकमा व्यवस्था परिवर्तन भएको लामो समय बितिसक्दा पनि पीडितले नेता र...
‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धार प्रयास जारी छ : सेना
‘हिडन भ्याली’ मा अलपत्र परेका पर्यटकको उद्धार प्रयास जारी छ : सेना मुस्ताङको ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित १२ स्वदेशी पर्यटकको उद्धारको प्रयास भइरहेको छ ।  ‘हिडन भ्याली’ मा तीन बेलायती महिला र  १२ स्वदेशी पर्यटक समस्यामा’ शीर्षकमा आज मध्याह्न समाचार सम्प्रेषण भएको थियो । सैनिक प्रवक्ता राजाराम बस्नेतले ‘हिडन भ्याली’ मा अलपत्र परेका तीन बेलायती महिला सहित...
हिमपातका कारण ‘हिडन भ्याली’मा ३ बेलायती महिला र  १२ स्वदेशी पर्यटक समस्यामा
हिमपातका कारण ‘हिडन भ्याली’मा ३ बेलायती महिला र १२ स्वदेशी पर्यटक समस्यामा निरन्तर हिमपातका कारण म्याग्दीदेखि धौलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धौलागिरि चक्रीय पदमार्गको हिडन भ्यालीमा आन्तरिक र बाह्य गरेर १५ जना पर्यटक समस्यामा परेका छन् । ती मध्ये तीन  बेलायती महिला  र १२ जना स्वदेशी पर्यटक रहेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको इटाली आधार शिविर भएर मुस्ताङको घरपझोङ गाउँपालिका–२...
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना काठमाडौँ । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको सम्भावना छ । विभागका अनुसार उक्त अवधिमा देशको बागमती,...
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित
बाक्लो हिमपातले खुम्बुको जनजीवन प्रभावित सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने, “दिङ्बोचेभन्दा माथि बाक्लो हिउँ परेको छ, तल्लो क्षेत्रमा वर्षा भइरहेको छ, पर्यटकहरू सबै होटलभित्रै...
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ
उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा...
बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण, दुई सय घरपरिवार लाभान्वित
बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण, दुई सय घरपरिवार लाभान्वित म्याग्दी । मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव पाँच मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो...
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिइँदै कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदै छ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व...
Weather Update