बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा
                        बिहीबार, जेठ ८, २०८२
                    
                 
                        
                    
                        
                                ६ वर्षदेखि अलपत्र गौरवको आयोजना
                            
                         बुधबार, जेठ ७, २०८२
                        
                        
                            गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक ६ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ । जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना ६ वर्षदेखि अलपत्र बनेको हो । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन्...
                    
                 
                        
                    
                        
                                मुस्ताङको घरपझोङको झोलुङे पुल जोखिममा
                            
                         बुधबार, जेठ ७, २०८२
                        
                        
                            मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ र २ जोड्ने छैरो तिब्बती क्याम्प जाने झोलुङ्गे पुल जोखिममा परेको छ । मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले कालिगण्डकी छैरो तिब्बती क्याम्पतर्फको खेतीयोग्य जमिन जोगाउन रिटेनिङ वाल निर्माणको क्रममा झोलुङ्गे पुल जोखिममा परेको हो ।
घरपझोङ–१ छैरो तिब्बती क्याम्पका शरणार्थीलाई लक्षित गरी निर्माण भएको...
                    
                 
                        
                    
                        
                                आगलागीबाट ११ लाख बराबरको क्षति, कल्भर्टबाट लडेर एकको मृत्यु
                            
                         मंगलबार, जेठ ६, २०८२
                        
                        
                            झापाको मेचीनगरमा आगलागी हुँदा रु ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर–९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा रु १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका...
                    
                 
                        
                    
                        
                                चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते
                            
                         मंगलबार, जेठ ६, २०८२
                        
                        
                            झापा । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर...
                    
                 
                        
                    
                        
                                दुई वर्षअघि भासिएको बिरिङको पुल अझै बनेन
                            
                         सोमबार, जेठ ५, २०८२
                        
                        
                            झापा । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।
स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्,...
                    
                 
                        
                    
                        
                                बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
                            
                         आइतबार, जेठ ४, २०८२
                        
                        
                            चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बागमती प्रदेश सरकारले ३८ दशमलव ९१ प्रतिशत बजेटमात्र खर्च गरेको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि वैशाखसम्ममा पुँजीगततर्फ ३५ दशमलव ०१ प्रतिशत र चालुतर्फ ४६ दशमलव ७९ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले...
                    
                 
                        
                    
                        
                                बाँकेमा क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम
                            
                         शुक्रबार, जेठ २, २०८२
                        
                        
                            बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चुँडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए । 
                    
                 
                        
                    
                        
                                साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
                            
                         शुक्रबार, जेठ २, २०८२
                        
                        
                            काठमाडौँ । नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।
रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन...
                    
                 
                        
                    
                        
                                भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
                            
                         बिहीबार, जेठ १, २०८२
                        
                        
                            यहाँको रामप्रसादराई गाउँपालिका वडा नम्बर ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ । भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो  स्थान देश...
                    
                 
                        
                    
                        
                                संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार
                            
                         बिहीबार, जेठ १, २०८२
                        
                        
                            मुस्ताङ । ढुंगा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार ।  मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थाको केन्द्र थियो । त्यही शक्तिकेन्द्र कालान्तरमा कमजोर मात्रै होइन मानिसविहीन बनेको छ ।
                    
                 
                        
                    
                        
                                बजेटमा लैङ्गिक समावेशीकरणलाई ध्यान दिन माग
                            
                         बुधबार, वैशाख ३१, २०८२
                        
                        
                            बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कानुनले सबैलाई अवसर दिँदै समान दृष्टिकोणले हेर्नुपर्ने बताएका छन् । प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा आज ललितपुरमा आयोजित प्रदेशसभाका महिला सदस्यहरूका लागि सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले कार्यक्रमको उद्देश्य लैङ्गिक समानता र समावेशीकरणका साथै बजेट निर्माणमा लैङ्गिक समावेशीकरणलाई जोड दिएर अभिमुखीकरण गर्ने भएको बताए ।
                    
                

 
                         
                     
                     
                     
                     
                     
                     
                    