Khabar Out
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा भएको हो...
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति अष्ट्रेलियाली सरकारले सोमबार जल स्रोतको दिगो प्रयोग गर्ने र राष्ट्रिय स्वच्छ ऊर्जा सङ्क्रमणमा योगदान गर्ने डाटा सेन्टरहरूको अनुमोदन प्रक्रिया तीव्र बनाइने घोषणा गरेको छ । उद्योग तथा नवप्रवर्तन मन्त्री तथा विज्ञान मन्त्री टिम एयर्स का अनुसार, नयाँ फ्रेमवर्कले डाटा सेन्टर विकासकर्ताहरूलाई स्पष्ट र स्थिर सङ्केतहरू प्रदान गर्ने भएकाले अष्ट्रेलियामा लगानी...
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
आज विश्व जल तथा मौसम दिवस मनाइँदै आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका उपायबारे छलफल गरिने जनाइएको छ ।
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने
बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको एउटा सहर वा पालिकालाई स्वस्थ्य सहर बनाएर घोषणा गर्नेगरी अभियान सञ्चालन गरेको जानकारी दिए । यसका लागि प्रदेशका १३ वटै जिल्लाका जनस्वास्थ्य...
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आम नागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् । विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका...
आइतबारबाट मौसममा सुधार, वर्षा गराउने प्रणाली बाहिरिँदै
आइतबारबाट मौसममा सुधार, वर्षा गराउने प्रणाली बाहिरिँदै शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा राम्रो सुधार भइसकेको जानकारी दिँदै शुक्रबार र आज बिहानको जस्तो वर्षा भने नहुने बताइन् ।  पोखरेलका अनुसार प्रिमनसुनका गतिविधि भने कायम नै रहने र आइतबार पनि छिटफुट बदली...
आज ईद–उल–फित्र पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व मनाइँदै आज ईद (ईद–उल–फित्र) पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् । आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ । रोजाको अनुशासन, आत्मसंयम...
सिथिल विश्व व्यापारलाई मार्ग प्रशस्त गर्न सम्मेलनको तयारीमा डब्ल्यूटीओ
सिथिल विश्व व्यापारलाई मार्ग प्रशस्त गर्न सम्मेलनको तयारीमा डब्ल्यूटीओ पश्चिम एसिया युद्धको कारण सिथिल व्यापारलाई उचित मार्ग प्रशस्त गर्न विश्व व्यापार सङ्गगठन (डब्ल्यूटीओ) ले अर्को हप्ता याओन्डेमा मन्त्री स्तरीय सम्मेलन तय गरेको जनाइएको छ । सम्मेलनले विश्वव्यापी व्यापार तनाव र अमेरिकी शुल्क अवरोधहरूको बीचमा सुधारको बाटो खोज्ने अपेक्षा गरिएको छ । विश्व व्यापार सङ्गठनको मन्त्रीस्तरीय सम्मेलन विश्व व्यापार सम्बन्धि...
आज विश्व हिमनदी दिवस मनाइँदै
आज विश्व हिमनदी दिवस मनाइँदै आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गत वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वषए २० मार्चमा मनाइन्छ । पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै...
पत्नीको खुट्टा काटेर पति फरार
पत्नीको खुट्टा काटेर पति फरार पर्साको पर्सागढी नगरपालिकामा एक पतिले आफ्नै पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ । पर्सागढी नगरपालिका–३ बिरुवा टोल बस्ने ३० वर्षे विशनाथ सहनीले यही चैत १ गते आफ्नो पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरेर बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो...
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु
वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको छ । सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन...
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना
चैत्र शुक्ल पक्ष: आज चैते दसैँको घटस्थापना चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए ।
Weather Update