देशभरका ६७० स्थानीय तहद्वारा जमिनको नक्सा अद्यावधिक
सोमबार, मंसिर २९, २०८२
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति, संरचना निर्माणमा समस्या
आइतबार, मंसिर २८, २०८२
सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ ।
गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा....
आज संसद् सेवा दिवस मनाइँदै
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।...
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै
शनिबार, मंसिर २७, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराममा सहमति भएको घोषणा गरे पनि थाइल्यान्डले कम्बोडियाविरुद्ध सैन्य आक्रमण जारी राख्ने स्पष्ट पारेको छ । थाइल्यान्ड र कम्बोडियाबीचको झडप औपनिवेशिक कालमा तय गरिएको करिब ८०० किलोमिटर लामो सीमासम्बन्धी विवादका कारण यस महिनादेखि पुनः चर्किएको हो ।
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, आठ घाइते
शुक्रबार, मंसिर २६, २०८२
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना घाइते भएका छन् ।
निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो ।
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरको जीर्णोद्धार
शुक्रबार, मंसिर २६, २०८२
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ ।
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को...
अफगानिस्तानमा ब्वाँसोको आक्रमणबाट सात जना घाइते
बुधबार, मंसिर २४, २०८२
पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको एउटा गाउँमा मङ्गलबार राति भएको दुर्लभ ब्वाँसोको आक्रमणबाट सात जना घाइते भएको प्रान्तीय जनस्वास्थ्य विभागका प्रवक्ता नकीबुल्लाह रहिमीले बुधबार बताएका छन् । रहिमीका अनुसार भोक लागेको ब्वाँसो नाजियान जिल्लाको सुरुबी सस्मा क्षेत्रको आवासीय क्षेत्रमा प्रवेश गरेर गाउँलेहरूलाई आक्रमण गरी सात जनालाई घाइते बनाएको थियो ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
बुधबार, मंसिर २४, २०८२
काठमाडौँ। मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका...
नेपाल पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी
मंगलबार, मंसिर २३, २०८२
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्तिपत्रसमेत लिएका छन् ।
आचार्य पन्थी खुला...
एमालेको महाधिवेशनका लागि यसरी हुँदैछ यातायात व्यवस्थापन
मंगलबार, मंसिर २३, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा आउने प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ । एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।
हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ
मंगलबार, मंसिर २३, २०८२
मुस्ताङ । मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।
कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ ।...
पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
सोमबार, मंसिर २२, २०८२
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच महिनादेखि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक नियुक्त नगर्दा विसं २०८३ को पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने प्रक्रिया अघि बढ्न सकेको छैन ।
समिति गठन आदेश, २०७७ अनुसार चार वर्षअघि नियुक्त भएका समितिका पदाधिकारीसहित कार्यकारी निर्देशकको कार्यकाल गत असार २२...



