Khabar Out
जथाभावी पार्किङ गर्ने १५ वटा रात्रिकालीन बस चालक कारबाहीमा
जथाभावी पार्किङ गर्ने १५ वटा रात्रिकालीन बस चालक कारबाहीमा उपत्यका ट्राफिक प्रहरी कार्यालयले जथाभावी पार्किङ गरी सवारी आवागमनमा अवरोध सिर्जना गर्ने १५ वटा रात्रिकालीन बस चालकलाई कारबाही गरेको छ । बुधबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकिङ अभियानमा कारबाही गरिएको हो । लामो दूरीका रात्रिकालीन सेवा सञ्चालन गर्दै आएका ती बसहरूले बाटो इजाजतपत्र (रुट परमिट) अनुसार तोकिएको गन्तव्यसम्म...
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीमा फरार दुई पक्राउ
बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीमा फरार दुई पक्राउ नेपाल प्रहरीले मंगलबार दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका...
अमेरिकी संसद्‌मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
अमेरिकी संसद्‌मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी...
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई मुआब्जा निर्धारण ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हालै बसेको मुआब्जा निर्धारण समितिको बैठकले लोक्पा, धारापानी, धोक्लाक, बुल्साट र झापुटार क्षेत्रमा आयोजना निर्माणका क्रममा भएको क्षतिका आधारमा मुआब्जा निर्धारण गरिएको आयोजनाले जनाएको छ । यस्तै, समितिको...
टोलमै पुगेर स्वास्थ्य परीक्षण अभियान सञ्चालन
टोलमै पुगेर स्वास्थ्य परीक्षण अभियान सञ्चालन जिल्लामा नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाहरूले समन्वय गरेर स्वास्थ्य परीक्षण अभियान सुरु गरेका हुन् । माघमा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने सङ्घीय सरकारको कार्यक्रमअनुसार जिल्ला र पालिकास्तरमा स्वास्थ्य परीक्षण गर्न थालिएको...
प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान सुरु
प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान सुरु प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन सक्ने आचारसंहिता उल्लङ्घनका घटना कम गराउने उद्देश्यसहित आइतबार धादिङदेखि अभियान थालनी गरेको हो । सो अभियानसँगै नेपाल पत्रकार महासङ्घले जिम्मेवार पत्रकारिता, निर्वाचन रिपोर्टिङ...
मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा जम्मा ३७ प्रतिशत मात्र
मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा जम्मा ३७ प्रतिशत मात्र पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए काम पूरा भइसक्नुपर्ने थियो । तर सम्झौता अनुसारको तीन वर्षमा ३७ प्रतिशत मात्र काम सकिएपछि आयोजनामा ६ महिना म्याद थप गरिएको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का सम्झौता गरिएको थियो । मुग्लिन–नागढुङ्गा खण्डलाई तीन...
आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका...
सम्बन्ध विच्छेदले पारिवारिक विखण्डनसँगै बालश्रम बढ्दै
सम्बन्ध विच्छेदले पारिवारिक विखण्डनसँगै बालश्रम बढ्दै सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर पार्न थालेको छ । पारिवारिक विखण्डनसँगै अभिभावकको संरक्षण, माया–ममताबाट वञ्चित बालबालिका श्रममा धकेलिन थालेका छन् । वैवाहिक सम्बन्ध टुट्ने क्रम बढ्दै जाँदा धेरै बालबालिका विद्यालय छोडेर रोजगारीमा लाग्न बाध्य भएका छन् । आमा–बुवाको सम्बन्ध विच्छेद सिर्जित आर्थिक अभाव, भावनात्मक अस्थिरता तथा अभिभावकत्वको कमीका कारण...
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च सङ्ख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ । सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १०...
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा...
Weather Update