मधेसमा रोकिएन वन अतिक्रमण, कुन जिल्लामा कति अतिक्रमण ?
सोमबार, मंसिर २२, २०८२
जुम्लामा ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी आगलागी नियन्त्रण
सोमबार, मंसिर २२, २०८२
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छिर्न नसक्ने साँघुरो चोकमा रहेको पसलमा आगलागी भएपछि वरपरका घरका स्थानीयवासी आत्तिएका थिए।
पसलको सामुन्नेकै चोकमा भर्खरै जडान गरिएको ‘फायर हाइड्रेन्ट’ को ‘ड्राइराइजर’ तत्काल स्थानीयवासी, नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी...
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा बालकसहित ११ जनाको मृत्यु
शनिबार, मंसिर २०, २०८२
आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएका छन् ।
प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको घटनास्थलमै मृत्यु भएको उल्लेख गर्दै अर्का एक जनाको अस्पतालमा मृत्यु भएको उनले बताएका छन् ।
तीन जना बन्दुकधारीहरू बिहान ४:३०...
वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र सुरु
शनिबार, मंसिर २०, २०८२
दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र गर्न थालिएको छ। विसं २०४९ मा मार्ग विस्तार गरिए पनि अहिलेसम्म कच्ची र जोखिमपूर्ण अवस्थामा रहेको यो सडक अब स्तरोन्नति हुने भएको हो । सडक डिभिजन कार्यालय पोखराले जनाएअनुसार वालिङ–हुवास सडकखण्डको पियाखेतदेखि हुल्काङ खण्डमा कालोपत्रे बिछ्याउन थालिएको छ।
चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
शनिबार, मंसिर २०, २०८२
अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयवासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्टकर बन्न थालेको छ ।माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म...
विभिन्न संस्थान र निकायमा सरकारको ९ खर्ब ३० अर्ब लगानी
शुक्रबार, मंसिर १९, २०८२
गत आर्थिक वर्ष २०८१/८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा सेयर तथा ऋण लगानीका रुपमा रू ९ खर्ब ३० अर्ब ८८ करोड चार लाख ६८ हजार लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ अनुसार गत आर्थिक वर्ष...
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस मनाउदै
शुक्रबार, मंसिर १९, २०८२
काठमाडौँ । आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस...
रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग
बिहीबार, मंसिर १८, २०८२
संयुक्त राष्ट्रसङ्घीय महासभाले युक्रेनी बालबालिकाहरुलाई जबरजस्ती रूसमा नराखी तत्काल बिना शर्त फिर्ता गर्न आह्वान गदै यो सवाल किभ र मस्को बीचको सम्भावित शान्ति सम्झौताको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय भएको बताएको छ । महासभाले जबरजस्ती स्थानान्तरण वा निर्वासन गरिएका सबै युक्रेनी बालबालिकाको तत्काल, सुरक्षित र बिना शर्त फिर्तीको आवश्यकतालाई पुष्टि...
यस वर्षको हिउँद मौसम : तापक्रम सरदर भन्दा बढी र वर्षा कम हुने
बिहीबार, मंसिर १८, २०८२
काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।
यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली...
जुम्ला र दोलखा जिरीको तापक्रम माइनसमा
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला आज दुई वटा जिल्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा आज दोलखास्थित जिरीको तापक्रम पनि माइनसमा झरेको छ ।
विभागमा आज साँझ रेकर्ड भएको अभिलेखअनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस...
केराखेतीमा ‘टिआर फोर’ को सङ्क्रमण
बुधबार, मंसिर १७, २०८२
जिल्लामा लगाइएको केराखेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो । जिल्लास्थित राष्ट्रिय कृषि अधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाइएको पाँच बिघा क्षेत्रफलमा यो रोगको सङ्क्रमण देखिएको हो ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, मंसिर १७, २०८२
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३...
एआईले धनी–गरिबको अन्तर अझ बढाउन सक्ने चेतावनी
मंगलबार, मंसिर १६, २०८२
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे रहेको व्यापक उत्साहका बीच यसको प्रभावले विश्वका धनी र गरिबबीचको दुरूह अन्तरलाई अझै फराकिलो बनाउन सक्ने कठोर वास्तविकता संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को नयाँ प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनअनुसार एआई प्रविधिको उपयोगले आधारभूत आवश्यकताहरू र उन्नत ज्ञानको पहुँचमा रहेको गहिरो खाडललाई घटाउने ठोस कदम नचालेसम्म...



