दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
आइतबार, भदौ १५, २०८२
बाजुराको तलगाउँ पहिरोको जोखिममा
शनिबार, भदौ १४, २०८२
लगातारको अविरल वर्षाका कारण पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको छ । पहिरोका कारण बडीमालिका नगरपालिका–७ जिल्लीको तलगाउँ उच्च जोखिममा रहेको वडा नं ७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । यही भदौ ६ गते आएको वर्षाका कारण तलगाउँको तलपट्टीबाट पहिरो गएपछि गाउँका २० घर उच्च जोखिममा परेको उनको भनाइ...
कर्णाली प्रदेशमा दश वर्षमा विपद्का घटनाबाट ६१९ जनाको मृत्यु, साढे तीन अर्बको क्षति
शनिबार, भदौ १४, २०८२
कर्णाली प्रदेशमा पछिल्लो दश वर्षमा विपदका घटनामा परी ६१९ जनाको मृत्यु भएको छ भने अर्बौँको क्षति भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा २०७२ देखि २०८१ सम्मको दश वर्षको अवधिमा ६१९ जना व्यक्तिको विपद्का घटनामा परी मृत्यु भएको हो । तथ्याङ्कअनुसार दश वर्षमा प्रदेशभर...
छाउगोठ प्रथा : जस्तापाताको गोठमा बस्छन् महिनावारी भएका महिला
शुक्रबार, भदौ १३, २०८२
अछाम। जिल्लामा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ । पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् ।
जिल्लामा अभियान सञ्चालन गरेर ढुङ्गा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन् ।...
नगरपालिका र गाउँपालिकामा निमित्त प्रमुख शून्य
शुक्रबार, भदौ १३, २०८२
स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेका अनुसार सम्पूर्ण स्थानीय तहमा दरबन्दीअनुरुप प्रमुख प्रशासकीय अधिकृत...
बाढी पहिरोले देशभरका विभिन्न ९ सडक पूर्णरुपमा अवरुद्ध : सडक विभाग
बिहीबार, भदौ १२, २०८२
अविरल वर्षाले देशभरका विभिन्न ९ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ।सूचना अनुसार मुलुकभरका ३७१ सडक खण्डमध्ये २११ सडक खण्ड पूर्ण खुलेका छन् ।...
आजको मौसम : देशका अधिकांश स्थानमा वर्षा
बिहीबार, भदौ १२, २०८२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै विभागले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको जनाएको हो।
आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक...
करेन्ट सर्ट भएर आगलागी, ५० वटा बाख्रा मरे
बुधबार, भदौ ११, २०८२
चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो ।
आज भाद्र शुक्ल चतुर्थी : गणेश चतुर्थी पर्व मनाइँदै
बुधबार, भदौ ११, २०८२
काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक,...
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
मंगलबार, भदौ १०, २०८२
देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन् भने भरतपुर –१५ फूलबारीका १३ वर्षीय...
आज हरितालिका तीजको उल्लास
मंगलबार, भदौ १०, २०८२
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको...
गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित
सोमबार, भदौ ९, २०८२
वीरगन्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ । गत शुक्रबारदेखि वीरगन्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा.विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगन्जको नारायणी अस्पतालमा आइपुगेको...
तीजको तयारी : पशुपतिनाथमा बाहिर चार, भित्र आठ लाइन रहने
सोमबार, भदौ ९, २०८२
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालु महिलाका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ ।
पशुपति क्षेत्रमा तीजको तयारीका बारेमा जानकारी दिन कोषले आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को...



