Khabar Out
देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैन: अध्यक्ष बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् ।

नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजना गरेको विचारगोष्ठी एवं पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीतिक अवस्था सङ्लो नहुँदा देश समस्यामा पर्ने बताए ।

“यतिखेर हरेक राजनीतिक पार्टीहरू भताभुङ्ग अवस्थामा छन् । पार्टीहरू फुटिरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भने ।

अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा राखेर राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नेमकिपाले यो बाटोलाई कहिल्यै नछाडेको र नेमकिपाले नयाँ ढङ्गले राजनीतिलाई अगाडि बढाइरहेको बताए । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update